FAQs Complain Problems

धनुष पोखरी, हल्दीबारी गाउँपालिका वडा नं.-५

Read More

चिया बगान, हल्दीबारी गाउँपालिका वडा नं.-2

Read More

गोलधाप बजार, हल्दीबारी गाउँपालिका वडा नं.-१

Read More

पोखरी, हल्दीबारी गाउँपालिका वडा नं.-४

Read More

जनप्रतिनिधि, हल्दीबारी गाउँपालिका

Read More

कर्मचारी, हल्दीबारी गाउँपालिका

Read More

संक्षिप्त परिचय

हल्दीबारी गाउँपालिका कोशी प्रदेश, झापा जिल्लाको दक्षिण पुर्वि भेगमा अवस्थित रहेको छ ।
नेपाल सरकारको पछिल्लो राज्य पुन संरचना २०७३ ले साविक गाउँ विकास समितिहरु
गोलधाप , हल्दीबारी र जलथललाई समावेश गरी हल्दीबारी गाउँपालिका नामाकरणा
गरिएको हो । यसको भौगोलिक अवस्थालाई हेर्दा दक्षिणमा कचनकवल गाउँपालिका पूर्वमा
भद्रपुर नगरपालिका उत्तरमा विर्तामोड नगरपालिका र पश्चिममा बाह्रदशी गाउँपालिकाको
समथल भूमिसँग जोडिएको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल  ११७.३४ वर्ग
कि.मि.  रहेको छ । वि.स. २०७८ को जनगणनामा कुल जनस‌ख्या ३२७२२ रहेको छ, जसमा
कुल परिवार संख्या ७८७८ रहेको छ भने कुल महिला १७१११ जना र कुल पुरुष १५६११
रहेका छन । यो गाउँपालिका ५ वटा वडामा विभाजन भएको छ । जसमा पश्चिम तिर
गोलधाप (वडा नं १) रहेका छ भने उत्तर भागमा हल्दीबारी (वडा नं २ ) रहेका छ, त्यसै गरी
पुर्व दक्षिण भागमा ढडुवा र बडाबारी  (वडा नं ३ र ४) रहेका छ भने दक्षिण भागमा कन्चनश्री
(वडा नं ५) रहेको छ र यसै वडाको एतिहासिक स्थल धनुषपोखरी छेउमा गाउँ कार्यपालिकाको
कार्यालय रहेको छ । यस गाउँपालिका  भित्र विभिन्न जातजाति र  विभिन्न धर्म सम्प्रदायका
मानिसहरुको बसोबास रहेको छ । यस गाउँपालिकाका अधिकांश जनसंख्या कृषि पेशमा आवद्ध
छन् भने केहि जनसंख्या व्यापार व्यवसायमा पनि आवद्ध छन् । यस गाउँपालिका भित्र जम्मा
१७ वटा सामुदायीक र १२ वटा संस्थागत  विद्यालयहरु रहेका छन् जसले वालबालिकाहरुलाई
सर्वसुलभ तरिकाले पठनपाठनमा सरिक गराएको छ । गाउँ कार्यपालिकाको कार्यालयको
प्राङ्गणमा अस्थायी रुपमा सञ्चालित हल्दीबारी आधारभूत अस्पतालले नागरिकहरुको
सर्वसुलभ तरिकाले औषधी उपचारको व्यवस्था गरेको छ । त्यस्तै ३ वटा स्वास्थ चौकी र २
वटा आधारभूत स्वास्थ्य केन्द्रहरुबाट पनि स्थानीयवासीको औषधी उपचार हुने गरेको छ । 
यहाँ घरेलु तथा साना उद्योगहरु भने ज्यादै न्यून रहेको पाईन्छ । त्यस्तै, वडा नं ३,४ र ५ को
हुलाकी मार्ग भन्दा दक्षिण भेगमा फैलिएको दक्षिण एसियामै जैविक विविधताले भरिपुर्ण
जलथल चारकोसे जंगल तथा वडा नं. २ मा निर्माणाधिन सहिद स्मृति लोकतान्त्रिक पार्क
भेलागुढीले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा उच्च सम्भावना बोकेको देखिन्छ ।

सामाजिक सञ्जालका लिंकहरु

जन प्रतिनिधि

अध्यक्ष
फोन:
+9779806051188
उपाध्यक्ष
फोन:
+977 9824921791

पदाधिकारी

मान ब. वन (महेन्द्र)

प्रमुख प्रशासकीय अधिकृत
Email: cao.haldibarimun@gmail.com
9852640453

राजन न्यौपाने

गुनासो सुन्ने अधिकारी
Email: suchanaadhikari@haldibarimun.gov.np
+9779824977727

सुशिल कडरिया

सूचना प्रविधि अधिकृत तथा सूचना अधिकारी
Email: ito.haldibarimun@gmail.com
+9779852640451

सेवाहरु

सेवा प्रकारः- योजना
सेवा समयः- सोहि दिन वा योजना हेरि बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन, प्रविधिक शाखा वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- हल्दीबारी गाउँकार्यपालिकाको कार्यालय, जलथल झापा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • कार्यसम्पन्न प्रतिवेदन ।
  • नापि किताब ।
  • खर्चको बिलभरपाइ ।
  • टोल बिकास संस्था वा समितिले खर्च सार्वजनिक गरेको प्रमाण ।
  • फर्छयौट गर्ने निर्णयको प्रतिलिपि ।
  • सार्वजनिक परिक्षण प्रतिवेदन ।
  • अनुगमन समितिले स्थलगत अनुगमन गरेको प्रतिवेदन
  • योजना शाखा तथा वडा कार्यालयको सिफारिस ।
सेवा प्रकारः- योजना
सेवा समयः- योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारीः- ईन्जिनियर, सब-ईन्जििनियर, योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- हल्दीबारी गाउँकार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • कार्यक्रम तथा आयोजनाको कार्य सम्पन्न प्रतिवेदन ।
  • कार्यक्रम तथा आयोजनाको सार्वजनिक परिक्षण ।
  • सम्बन्धित वडा कार्यालयको कार्यसम्पन्नको सिफारिस ।
  • अनुगमन समितिले स्थलगत अनुगमन गरि तयार पारेको प्रतिवेदन ।
सेवा प्रकारः- योजना
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- हल्दीबारी गाउँकार्यपालिकाको कार्यालय, जलथल झापा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • टोल विकास संस्था वा समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि (सम्बन्धित पदाधिकारीहरुको)
  • सम्बन्धित पदाधिकारीहरुको नेपालि नागरिकताको प्रतिलिपि ।
  • सम्बन्धित पदाधिकारीहरुको फोटो सहितको नमुना दस्ताखत कार्ड ।
  • योजना सम्झौता ।
  • निबेदन
सेवा प्रकारः- योजना
सेवा समयः- सोही दिन वा लागत इस्टिमेट बनमउने हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- हल्दीबारी गाउँकार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • कार्यक्रम तथा आयोजना सम्झौता गर्ने भनि गरिएको टोलबिकास संस्था वा समितिको निर्णयको प्रतिलिपि।
  • कार्यक्रम तथा आयोजना सम्झौता गर्न आउने पदाधिकारीहरुको  नेपालि नागरिकताको प्रतिलिपि ।
  • सम्बन्धित वडा कार्यालयको सिफारिस ।
  • स्विकृत कार्यक्रम तथा आयोजनाको लागत अनुमान तथा स्फेसिफिकेसन ।
  • सम्झौताको लागि निबेदन ।

जानकारी

शीर्षक मिति Document आर्थिक वर्ष
आधारभूत तह शिक्षा उत्तिर्ण परीक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि,२०८० Sunday, February 18, 2024 - 11:53 PDF icon आधारभूत तह शिक्षा उत्तिर्ण परीक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि,२०८० १२.pdf ८०/८१
हल्दीबारी गाउँपालिकाको खेलकुद सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०८० Sunday, February 18, 2024 - 11:41 PDF icon हल्दीबारी गाउँपालिकाको खेलकुद सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०८० ६.pdf ८०/८१
हल्दीवारी गाउँपालिकाको लैंगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७७ Thursday, January 11, 2024 - 12:00 PDF icon हल्दीवारी गाउँपालिकाको लैंगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७७.pdf ७६/७७
लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण रणनीति २०७९ Thursday, January 11, 2024 - 12:00 PDF icon लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण रणनीति २०७९.pdf ७९-८०
बाल अधिकार संरक्षण तथा सम्वर्धन सम्बन्धी कार्यविधि, २०७८ Thursday, January 11, 2024 - 11:58 PDF icon बाल अधिकार संरक्षण तथा सम्वर्धन सम्बन्धी कार्यविधि, २०७८.pdf ७७/७८

Pages