FAQs Complain Problems

संक्षिप्त परिचय

हल्दीबारी गाउँपालिका कोशी प्रदेश, झापा जिल्लाको दक्षिण पुर्वि भेगमा अवस्थित रहेको छ ।
नेपाल सरकारको पछिल्लो राज्य पुन संरचना २०७३ ले साविक गाउँ विकास समितिहरु
गोलधाप , हल्दीबारी र जलथललाई समावेश गरी हल्दीबारी गाउँपालिका नामाकरणा
गरिएको हो । यसको भौगोलिक अवस्थालाई हेर्दा दक्षिणमा कचनकवल गाउँपालिका पूर्वमा
भद्रपुर नगरपालिका उत्तरमा विर्तामोड नगरपालिका र पश्चिममा बाह्रदशी गाउँपालिकाको
समथल भूमिसँग जोडिएको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल  ११७.३४ वर्ग
कि.मि.  रहेको छ । वि.स. २०७८ को जनगणनामा कुल जनस‌ख्या ३२७२२ रहेको छ, जसमा
कुल परिवार संख्या ७८७८ रहेको छ भने कुल महिला १७१११ जना र कुल पुरुष १५६११
रहेका छन । यो गाउँपालिका ५ वटा वडामा विभाजन भएको छ । जसमा पश्चिम तिर
गोलधाप (वडा नं १) रहेका छ भने उत्तर भागमा हल्दीबारी (वडा नं २ ) रहेका छ, त्यसै गरी
पुर्व दक्षिण भागमा ढडुवा र बडाबारी  (वडा नं ३ र ४) रहेका छ भने दक्षिण भागमा कन्चनश्री
(वडा नं ५) रहेको छ र यसै वडाको एतिहासिक स्थल धनुषपोखरी छेउमा गाउँ कार्यपालिकाको
कार्यालय रहेको छ । यस गाउँपालिका  भित्र विभिन्न जातजाति र  विभिन्न धर्म सम्प्रदायका
मानिसहरुको बसोबास रहेको छ । यस गाउँपालिकाका अधिकांश जनसंख्या कृषि पेशमा आवद्ध
छन् भने केहि जनसंख्या व्यापार व्यवसायमा पनि आवद्ध छन् । यस गाउँपालिका भित्र जम्मा
१७ वटा सामुदायीक र १२ वटा संस्थागत  विद्यालयहरु रहेका छन् जसले वालबालिकाहरुलाई
सर्वसुलभ तरिकाले पठनपाठनमा सरिक गराएको छ । गाउँ कार्यपालिकाको कार्यालयको
प्राङ्गणमा अस्थायी रुपमा सञ्चालित हल्दीबारी आधारभूत अस्पतालले नागरिकहरुको
सर्वसुलभ तरिकाले औषधी उपचारको व्यवस्था गरेको छ । त्यस्तै ३ वटा स्वास्थ चौकी र २
वटा आधारभूत स्वास्थ्य केन्द्रहरुबाट पनि स्थानीयवासीको औषधी उपचार हुने गरेको छ । 
यहाँ घरेलु तथा साना उद्योगहरु भने ज्यादै न्यून रहेको पाईन्छ । त्यस्तै, वडा नं ३,४ र ५ को
हुलाकी मार्ग भन्दा दक्षिण भेगमा फैलिएको दक्षिण एसियामै जैविक विविधताले भरिपुर्ण
जलथल चारकोसे जंगल तथा वडा नं. २ मा निर्माणाधिन सहिद स्मृति लोकतान्त्रिक पार्क
भेलागुढीले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा उच्च सम्भावना बोकेको देखिन्छ ।

सामाजिक सञ्जालका लिंकहरु